News Portal

  • नेपाल बैंकको चौराहा शाखा सञ्चालनमा

    आर्थीकसंसार संवाददाता११ मंसिर, २०७९
    ४५३ पटक
    ११ मंसिर, २०७९

    काठमाडौं । नेपाल बैंकले बुटवलको चौराहामा शुक्रबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
    नेपाल बैक संचालक समितिका अध्यक्ष गंगा प्रसाद ज्ञवाली र बुटवल उपमहानगरपालिका खेलराज पाण्डेयले संयूक्त रुपमा उक्तशाखाको उद्घाटन गरेका थिए ।
    कार्यक्रममा ज्ञवालीले प्रतिष्पर्धात्मक बैंकिङ बजारमा चूस्त दुरुस्त सेवासहित आफ्नो उपस्थिति बढाउन बैंकले शाखाविस्तारलाई जोड दिएको बताए  । नगर प्रमूख खेलराजपाडेले नाफामात्रै नहेरी व्यवसायीहरुलाई समस्यामा नपर्ने गरी सहयात्रीको रुपमा बैंकले काम गर्नुपर्नेमा जोड दिए ।
    कार्यक्रममा बैंकका कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले शाखा विस्तारले बुटवलको विकासमा सहयोग पूग्ने र बैंकको नाफा देश विकासकै लागि खर्च हुने भएकाले पनि सरकारी बैंकसंग कारोबार गर्न उपयुक्त हुने बताए ।

     

    प्रतिकृया दिनुहोस्