News Portal

  • नबिल बैंकको १ लाख कित्ता सेयर बिक्रीमा

    आर्थीकसंसार संवाददाता११ मंसिर, २०७९
    ५१४ पटक
    ११ मंसिर, २०७९

    काठमाडौं । नबिल बैंकले केही संस्थापक सेयरहरू बिक्री गर्ने भएको छ । बैंकका संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको १ लाख कित्ता संस्थापक सेयर बिक्री गर्न निवेदन दिएको हुँदा उक्त सेयर बिक्री गर्ने बैंकले जनाएको छ ।
    बैंकको उक्त संस्थापक सेयरमा संस्थापक सेयरधनीहरुले खरिद गर्न सक्नेछन् ।
    संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र बैंकको केन्द्रिय कार्यालय, तिनधारा विणामार्ग, काठमाडौँमा आइपुग्ने गरी निवेदन दिन आग्रह गरेको हो ।
    उक्त समयावधि भित्र विद्यमान संस्थापकहरुले आवेदन नदिएमा प्रचलित कानून बमोजिम सेयर बिक्री प्रक्रिया अगाडि बढाउने पनि बैंकले जनाएको छ ।

     

    प्रतिकृया दिनुहोस्