News Portal

  • महोत्तरी १ मा एमालेका लक्ष्मी महतोले लक्ष्मी महतो निर्वाचित

    आर्थीकसंसार संवाददाता११ मंसिर,२०७९
    ३३२ पटक
    ११ मंसिर,२०७९

    महोत्तरी क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार लक्ष्मी महतो निर्वाचित भएका छन्। नेकपा माओवादी केन्द्रका उम्मेदवार गिरिराजमणि पोखरेललाई हराएका हुन्।
    महतोले सतारुढ पाँच दलीय गठबन्धनबाट उम्मेदवारी दिएका पोखरेललाई पोखरेल १ हजार ३० मतान्तरले पराजित गरेका हुन्।
    प्रतिनिधिसभामा निर्वाचित नेकपा एमाले-जसपा गठबन्धनका महतोले २३ हजार ४०२ मत प्राप्त गरेका छन् भने माओवादी केन्द्रका उपमहासचिव समेत रहेका पोखरेलले २२ हजार ३७२ मत ल्याएर पराजित भएका हुन्। २०६४ देखि लगातार जित्दै आएका पोखरेल २०६३ पछि सबैभन्दा धेरै लाभको पदमा बसेकामध्ये पोखरेल एक हुन्।
    उनी ५ पटक मन्त्री भइसकेका छन्। २०६४ को निर्वाचनमा तत्कालिन जनमोर्चाबाट निर्वाचन जितेका पोखरेलले त्यसपछिका दुई निर्वाचन माओवादीबाट जितेका हुन्। उनी अहिले माओवादीका उपमहासचिव छन्। त्यो क्षेत्रमा कमजोर मानिएको एमालेका लक्ष्मी महतो कोइरीले सबैभन्दा बलियो मानिएको माओवादीलाई हराएका हुन्।

    प्रतिकृया दिनुहोस्