News Portal

  • पाल्पा-२ बाट एमालेका ठाकुर गैरे निर्वाचित

    आर्थीकसंसार संवाददाता९ मंसिर, २०७९
    ३३४ पटक
    ९ मंसिर, २०७९

    काठमाडौं । पाल्पा क्षेत्र नम्बर २ बाट नेकपा एमालेका उम्मेदवार ठाकुरप्रसाद गैरे प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन् । उनले नेकपा एकीकृत समाजवादीका उम्मेदवार सोमप्रसाद पाण्डेयलाई हराएका हुन् ।
    गैरे २७ हजार ८ सय १७ मतसहित विजयी भए भने पाण्डेयले जम्मा २३ हजार ८ सय ५१ मत मात्रै ल्याएका छन्। गैरे ३ हजार ९ सय ६६ मतान्तरले विजयी भएका छन्।
    गैरे अनेरास्ववियूका पूर्वअध्यक्ष समेत हुन्। यहाँ ६४ हजार २ सय ३ मत खसेको थियो। पाण्डेय नेकपा एमालेमा हुँदा यो क्षेत्रबाट प्राय: चुनाव जितिरहेका थिए। उनी एमाले छाडेर नेकपा एकीकृत समाजवादीमा गएका थिए।

    प्रतिकृया दिनुहोस्