News Portal

  • कास्की-३ बाट एमालेका दामोदर पौडेल बैरागी निर्वाचित

    आर्थीकसंसार संवाददाता९ मंसिर, २०७९
    ३११ पटक
    ९ मंसिर, २०७९

    काठमाडौं  । कास्की निर्वाचन क्षेत्र-३ बाट नेकपा एमालेका उम्‍मेदवार दामोदर पौडेल बैरागी प्रतिनिधिसभा सदस्‍यमा निर्वाचित भएका छन् ।
    पौडेलले निकटतम प्रतिस्पर्धी सत्ता सठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्‍मेदवार रामजी बराललाई ५ हजार ४४५ मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन् ।
    पौडेलले २२ हजार ९८० मत पाउँदा बरालले १७ हजार ५३५ मत ल्‍याए । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्‍मेदवार योगराज पौडेलले १२ हजार १८० मत ल्याए ।

    प्रतिकृया दिनुहोस्