आर्थीकसंसार संवाददाता७ मंसिर, २०७९

काठमाडौं। कतारमा जारी विश्वकप फुटबल अन्तर्गतको खेलमा फ्रान्ससँग अस्ट्रेलिया ४–१ ले पराजित भएको छ ।
उक्त खेलमा पहिलो गोल गरेर अस्ट्रेलियाले खाता खोले पनि हार बेहोर्नुपरेको हो । गोल गर्ने अधिक सम्भावना रहँदा रहँदै अस्ट्रेलियाले फ्रान्सको दबाब झेल्न सकेन ।