News Portal

  • बारा–४ बाट प्रतिनिधिसभा सदस्यमा किसान श्रेष्ठ निर्वाचित

    आर्थीकसंसार संवाददाता७ मंसिर, २०७९
    ३७६ पटक
    ७ मंसिर, २०७९

    काठमाडौं । बारा निर्वाचन क्षेत्र ४ बाट प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवार किसान श्रेष्ठ विजयी भएका छन् । नेकपा एकीकृत समाजवादीका श्रेष्ठ करिब १० हजार मतान्तरले विजयी भएका हुन् ।
    २०७४ को निर्वाचनमा तनहुँ–१ बाट निर्वाचित श्रेष्ठ यस पटक बारा–४ बाट उम्मेदवार बनेका हुन् । श्रेष्ठले २९ हजार ५०५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी एमाले उम्मेदवार एकवाल मियाँले १९ हजार ४३९ मत प्राप्त गरे ।

    प्रतिकृया दिनुहोस्