News Portal

  • नेप्सेमा ग्लोबल आइएमई बैंकको सेयर मूल्य समायोजन

    आर्थीकसंसार संवाददाता७ मंसिर, २०७९
    ५०६ पटक
    ७ मंसिर, २०७९

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ग्लोबल आइएमई बैंकको सेयरमूल्य समायोजन भएको छ । नेप्सेले ग्लोबल आइएमई बैंकको ३ प्रतिशत बोनस सेयर सेयर मूल्यमा समायोजन गरेको हो ।

    नेप्सेले प्रतिकित्ता २४४ रूपैयाँ ८ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । ग्लोबल आइएमई र बैंक अफ काठमान्डू एक आपसमा मर्जर प्रक्रियामा रहेको गत असार २ गतेदेखि सेयर कारोबार रोक्का रहेको छ । त्यसैले नेप्सेले असार १ गतेको अन्तिम मूल्यका आधारमा बैंकको शेयरमूल्य समायोजन गरेको हो । असार १ गते बैंकको सेयर प्रतिकित्ता २५१ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको थियो ।
    बैंकले मंसिर २३ गते शुक्रबार १६ औँ वार्षिक साधारण सभा सिल्भर ओक बैंकेट एण्ड इभेन्ट्स सेन्टर, गैह्रीधारा, काठमाडौँमा बिहान १० बजे बोलाएको छ ।
    बैंकको साभाले गत आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस सेयर र १०.६ प्रतिशत नगद गरी कूल १३.६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
    साथै, सभाले ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूबीच एक आपसमा गाभिने सम्बन्धी अन्तिम सम्झौता पत्र पारित गर्ने र डीडीए रिपोर्टमा आएको १ः१ को स्वाप रेसिया पारित गर्नेछ ।

     

    प्रतिकृया दिनुहोस्