News Portal

  • सिभिल बैंकको सेयर कारोबार फुकुवा

    आर्थीकसंसार संवाददाता७ मंसिर, २०७९
    ४८० पटक
    ७ मंसिर, २०७९

    काठमाडौं । हिमालयन बैंकसँग मर्जर प्रक्रियामा रहेको सिभिल बैंकको सेयर कारोबार फुकुवा भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सिभिल बैंक लिमिटेडको कारोबार फुकुवा गरिएको हो ।
    नेप्सेले आधारभूत सेयरधनीबाहेकको सेयर कारोबार फुकुवा गरेको जनाएको छ । नेपाल धितोपत्र बोर्डले जारी गरेको ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने रगाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९’ बमोजिम कारोबार फुकुवा गरिएको नेप्सेले जनाएको छ ।
    हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गर्न गत असार २९ गते, र्ने सम्झौतामा गरेको थियो । हिमालयन बैंकसँग मर्जर सम्झौता गरेपछि असार ३० गतेदेखि सिभिल बैंकको सेयर कारोबार रोक्का रहेको थियो ।
    हिमालयन बैंकले सिभिल बैंकलाई १००ः०.८१ अनुपातमा एक्वायर गर्ने भएको हो । सिभिल बैंकको १०० कित्ता सेयर हुनेले हिमालयन बैंकको ८१ कित्ता सेयर प्राप्त गर्नेछन् ।

    प्रतिकृया दिनुहोस्