News Portal

  • महासंघका अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र राजस्व समितिका सभापति सम्मानित

    आर्थीकसंसार संवाददाता७ मंसिर, २०७९
    ५३५ पटक
    ७ मंसिर, २०७९

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल र कर तथा राजस्व समितिका सभापति संदीप कुमार अग्रवाल राष्ट्रिय कर दिवसका अवसरमा सम्मानित भएका छन्।
    सरकारले धेरै कर तिर्ने उद्योगी र व्यवसायीलाई कर दिवसका अवसरमा सम्मानित गर्दै आएको छ।
    आज आयोजित कार्यक्रममा आर्थिक वर्ष २०७७/७८ मा वस्तु व्यापारतर्फ महासंघका अध्यक्ष गोल्छाको हंसराज हुलासचन्द एण्ड कम्पनी, वरिष्ठ उपाध्यक्ष ढकालको आइएमई लिमिटेड रेमिट्यान्सतर्फ र कर तथा राजस्व समितिका सभापति अग्रवालको शिवशक्ति घ्यू कम्पनी खानेतेल निर्याततर्फ बढी कर तिर्ने कम्पनीको रूपमा सम्मानित भएका हुन्।
    अध्यक्ष गोल्छा, वरिष्ठ उपाध्यक्ष ढकाल र कर तथा राजस्व समितिका सभापति अग्रवाललाई महासंघ हार्दिक बधाई एवम् शुभ–कामना समेत दिएको छ।
    ‘स्वेच्छिक सहभागितासहितको फराकिलो कराधारः दिगो र उत्पादनमुखी अर्थतन्त्रको आधार’ यस वर्षको नारा तय गरिएको थियो।

    प्रतिकृया दिनुहोस्