News Portal

  • झापा – ५ बाट ओली भारी मतान्तरले निर्वाचित

    आर्थीकसंसार संवाददाता७ मंसिर, २०७९
    २५८ पटक
    ७ मंसिर, २०७९

    काठमाडौं । झापा क्षेत्र नम्बर ५ मा नेकपा एमालेका उम्मेदवारसमेत रहेका अध्यक्ष केपी शर्मा ओली भारी मतान्तरले निर्वाचित भएका छन् ।
    ओली ५२ हजार ३ सय १९ मतसहित निर्वाचित भएका हुन्। यहाँ नेपाली कांग्रेसका उम्मेदवार खगेन्द्र अधिकारी पराजित भए। अधिकारीले जम्मा २३ हजार ७ सय ४३ मत ल्याएका छन् । ओलीले २८ हजार सात सय ४३ मतान्तरले चुनाव जितेका हुन् ।
    राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुरेश पोखरेलले ११ हजार सात सय ४९ मत ल्याएका छन्। ओली २०७४ मा पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए ।

    प्रतिकृया दिनुहोस्