News Portal

  • सामाजिक गतिविधिमा सक्रिय बन्दै ताराबहादुर

    आर्थीकसंसार संवाददाता११ असोज, २०७७
    १४०८ पटक
    ११ असोज, २०७७

    कोभिड–१९ को कारण नेपालीहरुले बिहानबेलुकाको छाक जुटाउनै समस्या सामना गर्नुपरेको छ । यस्तो अवस्थामा समस्यामा परेका नेपालीहरुलाई आफूले पनि केही सहयोग गर्नुुपर्छ भन्ने मान्यताले अप्ठ्यारोमा परेका व्यक्तिहरुलाई लक्षित गरी केही व्यक्ति एवं संस्थाहरुले विभिन्न सहयोगमूलक गतिविधिहरु सञ्चालन गर्दै आएका छन् । यसरी सहयोग उपलब्ध गराउने व्यक्तिहरु मध्ये एक हुन् तारा बहादुर कुवँर ।

    लामो समय देखि विभिन्न व्यावसायिक क्रियाकलापहरुमा संलग्न रहँदै आएका कुवँर मूलतः हेभी इक्विपमेन्ट व्यवसायी हुुन् ।
    थुप्रै सामाजिक संस्थाहरुमा आवद्ध भएका तारा बहादुर कुवँर अप्ठ्यारो अवस्थामा सहयोग गर्न पाउँदा आफूलाइ खुसी महसुस हुने बताउँछन् ।
    कोरोना शुरु भएपश्चात् निकै धेरै व्यक्तिहरु आत्महत्या गर्न बाध्य छन् । थुप्रै व्यक्तिहरु अस्पतालमा उपचार नपाएर मृत्यु भएको छ । यस्तो अवस्थामा कोहीकसैको पनि अकालमा मृत्यु हुन नपरोस् भनेर तारा बहादुर कुवँरले आफ्नै नेतृत्वमा रक्तदान कार्यक्रम समेत सञ्चालन गरिरहेका छन् ।
    चक्रपथ सरसफाइ अभियान र नेपाल हेभि इक्युपमेन्ट व्यवसायी महासंघको आयोजना एवं समाजसेवी तारा बहादुर कुवँरको सक्रियतामा विगत ४ हप्ता देखि सञ्चालन हुँदै आएको रक्तदानमा हाल सम्म ९२ जना व्यक्तिहरुले रक्तदान गरिसकेका छन् ।
    समाजसेवी तारा बहादुर कुवँरको नेतृत्वमा सञ्चालन भएको राहत कार्यक्रम अन्तरगत हाल सम्म करिब १४ सय व्यक्तिहरुलाई राहत वितरण गरिएको छ । विगतमा एकैपटकमा लाइनबद्ध गरी थुप्रै व्यक्तिहरुलाई राहत वितरण गरेका तारा बहादुुर अहिले भने सम्भावित कोरोना संक्रमणलाई लक्षित गरी आवश्यक व्यक्तिहरुलाई पहिले नै सम्पर्कमा ल्याई सोहीबमोजिम राहत वितरण गरिरहनुभएको छ ।

    यसैगरी विषम परिस्थितिमा पनि राहत वितरणको अलावा रक्तदान कार्यक्रम आयोजना गरी रगत आपुर्तिमा सहयोग पु¥याउन पाएकोमा आफूलाई गर्व महसुस भएको कुवँर बताउँछन् ।

    रक्तदान अभियान निरन्तर कायम रहिरहने समेत कुवँरले बताए । 

    शनिवार भएको रक्तदानमा प्रमुख अतिथि नेपाली काँग्रेसका पूर्वमन्त्री वीर बहादुर बलायर हुनुहुन्थ्यो भने वरिष्ठ उपाध्यक्षमा नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य कुमार थापाको उपस्थिति थियो ।
    शनिवार करिब ५० जना व्यक्तिहरु रक्तदान कार्यक्रममा सहभागि भएपनि रक्तचाप लगायतका समस्याको कारण केवल १३ जना व्यक्तिहरुले मात्र रक्तदान गरेका थिए ।

    प्रतिकृया दिनुहोस्