News Portal

  • नेपाल बैंक दुहबी शाखाको नवनिर्मित भवन उद्घाटन

    आर्थीकसंसार संवाददाता२१ कार्तिक, २०७९
    ४१२ पटक
    २१ कार्तिक, २०७९

    काठमाडौं । नेपाल बैंकले दुहबी शाखाको नवनिर्मित भवनको उद्घाटन गरिसेवा सुरु गरेको छ । आइतबार एक कार्यक्रमको आयोजना गरी बैंकको नवनिर्मित भवन दुहबी नगरपालिकाका प्रमुख (मेयर) वेद नारायण गच्छदारले उद्घाटन गरेका हुन् ।
    उद्घाटन कार्यक्रममा बोल्दै मेयर गच्छदारले हालको वित्तीय अवस्था तथा वित्तीय बजारमा रहेको विषयको बारेमा चर्चा गर्दै नेपालको पहिलो बैंक रहेको र दुहबी शाखा पनि यस क्षेत्रको अग्रणी बैंक रहेको बताए । साथै नयाँ भवन मार्फत अझ उत्कृष्ट सेवा प्रदान गर्नको लागि शुभकामना व्यक्त गरे ।
    नेपाल बैंक १ नं. प्रदेश कार्यालयका प्रमुख सुर्य प्रकाश भट्टले बैंकले हाल उपलब्ध गराएको सेवा सुविधा नेपाली बैंकहरुमा प्रतिस्पर्धी रहेको उल्लेख गर्दै छिटो, छरितो तथा अब्बल सेवा प्रवाह गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
    नेपाल बैंक विराटचोक शाखाका शाखा प्रबन्धक रमेश कार्कीले सञ्चालन गरेको कार्यक्रममा सभापति राम भुषण सिंहले धन्यवाद ज्ञापन गरी कार्यक्रम समापन गरेका थिए ।
    कार्यक्रममा प्रमुख अतिथिको रुपमा दुहबी नगरपालिकाका प्रमुख गच्छदार, विशिष्ट अतिथि मनमोहन प्राविधिक विश्वविद्यालयका रजिष्ट्रार डा. दिननाथ फुयाल र नेपाल बैंक लिमिटेड प्रादेशिक कार्यालय प्रदेश नं. १ का प्रमुख मुख्य प्रबन्धक सुर्य प्रकाश भट्ट रहेका थिए ।
    कार्यक्रममा अतिथिको रुपमा नेपाल बैंक सिनियर अफिसर विराटनगर, ईटहरी, वजारअड्डा, विराटचोक, धरान, झुम्का, मिल्स एरिया, टंकिसिनवारी शाखाका शाखा प्रबन्धकहरुको समेत उपस्थिति थियो । साथै नेपाल बैंकका ग्राहकहरु, दुहबी उद्योग वाणिज्य संघका प्रतिनिधिहरु, उद्योगी व्यवसायी तथा दुहबी शाखाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

     

    प्रतिकृया दिनुहोस्