News Portal

  • कांग्रेसले संसद विघटन नगर्ने, १२ लाखलाई रोजगारी सिर्जना गर्ने

    आर्थीकसंसार संवाददाता१२ कार्तिक, २०७९
    ३१७ पटक
    १२ कार्तिक, २०७९

    काठमाडौं । नेपाली कांग्रेसले आफ्नो घोषणापत्रमा संसद विघटन नगर्ने प्रतिवद्धता शमावेश गरेको छ । कांग्रेसले दलहरुभित्र र दलहरुबीचमा सिर्जना हुने आन्तरिक विवादका कारण संसद विघटन नगर्ने प्रतिवद्धता व्यक्त गरेको छ । आगामी मंसिर ४ हुने निर्वाचनका लागि लक्षित गरी तयार गरिएको कांग्रेसको घोषणापत्रमा सो विषय उल्लेख गरिएको हो ।
    त्यस्तै, कांग्रेसले आगामी निर्वाचनपश्चात निर्माण हुने आफ्नो सरकारले १२ लाख नेपालीलाई नयाँ रोजगारी सिर्जना गर्ने जनाएको छ । लाखौंको संख्यामा रोजगार सिर्जना गर्नको लागि विद्यमान नीतिगत, कानूनी र प्रकृयामा व्यापक सुधार गर्नुपर्ने घोषणापत्रमा उल्लेख गरिएको छ ।
    कांग्रेसले सूचनाप्रविधि, उद्योग, पर्यटन, निर्माण यातायातलगायतका क्षेत्रमा वार्षिक साढे २ लाख नयाँ रोजगारी सिर्जना हुनसक्ने भन्दै ७ प्रतिशतको आर्थिक वृद्धि गर्न सकिने लक्ष्य घोषणापत्रमा उल्लेख गरेको छ ।

     

    प्रतिकृया दिनुहोस्