News Portal

  • आशा लघुवित्तको संस्थापक शेयर विक्रीमा

    आर्थीकसंसार संवाददाता२४ असोज, २०७९
    ३०० पटक
    २४ असोज, २०७९

    काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापकतर्फको ७ लाख ८९ हजार ९०० कित्ता शेयर विक्रीमा ल्याएको छ । कम्पनीले प्रतिकित्ता ३९५ रुपैयाँ मूल्य अंकित गरी उक्त शेयर सर्वसाधारणले खरीद गर्न सक्ने गरी विक्रीमा ल्याएको हो ।
    यस शेयर खरीदका लागि इच्छुक लगानीकर्ताहरूले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।
    उक्त शेयर खरीदका लागि असोज ३१ गतेभित्र विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कार्यालयमा आवेदन दर्ता गरिसक्नुपर्नेछ ।तोकिएको अवधिभित्र प्राप्त आवेदन कात्तिक १ गते विहान ११ बजे विक्री प्रबन्धकको कार्यालय कमलादी, काठमाडौंमा खोलिने जनाएको छ ।

    प्रतिकृया दिनुहोस्