News Portal

  • सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक शेयर विक्री गर्दै

    आर्थीकसंसार संवाददाता१२ असोज, २०७९
    ३३० पटक
    १२ असोज, २०७९

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको १९ हजार ७१० कित्ता संस्थापक शेयर आज असोज १२ गतेदेखि विक्रीमा आएको छ । बैंकले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी उक्त शेयर लिलामीमा ल्याएको हो ।
    इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बालुवाटार, काठमाडौंमा आवेदन दिनुपर्नेछ । तोकिएको मितिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा उक्त शेयर विक्री गरिने बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्