News Portal

  • मुक्तिनाथ बैंकमा एक लाख रुपैयाँ बचत गर्दा १ करोडको बीमा सुविधा

    आर्थीकसंसार संवाददाता२ असोज, २०७९
    २१२ पटक
    २ असोज, २०७९

    काठमाडौं । मुक्तिनाथ विकास बैंकले निक्षेपकर्ताहरुको लागि मुक्तिनाथ आशिर्वाद बचत खाता ल्याएको छ । बैंकको अनुसार यस बचत खातामा नेपालमै पहिलोपटक सबैभन्दा धेरै एक करोड १ लाखसम्मको बीमा सुविधा रहेको छ ।
    मुक्तिनाथ आशिर्वाद बचत खाता गोल्ड क्याटोगरीमा न्यूनतम ५० हजार मौज्दात राखेर खाता खोल्ने खातावालाहरुले आफनो लागि २१ लाख र परिवारको २ जना सदस्यहरुको लागि ३० लाख गरी कुल ५१ लाखसम्मको बीमा सुविधा पाउने बैंकले जानकारी दिएको छ । यसका साथै उनीहरुले विभिन्न १५ वटा बैंकिङ्ग सेवाहरुमा समेत छुट प्राप्त गर्न सक्नेछन ।
    यसैगरी, मुक्तिनाथ आशिर्वाद बचत खाता प्लाटिनम क्याटोगरीमा न्यूनतम १ लाख रुपैयाँ मौज्दात राखेर खाता खोल्ने खातावालाहरुले आफनो लागि २१ लाख र परिवारको ४ जना सदस्यहरुको लागि ८० लाख गरी कुल एक करोड १ लाखसम्मको बीमा सुविधा पाउनेछन् । उनीहरुले पनि विभिन्न १५ वटा बैंकिङ्ग सेवाहरुमा छुट प्राप्त गर्न सक्नेछन् ।
    बीमा सुविधा अन्तर्गत आवधिक बीमा, दुर्घटना बीमा र १८ वटा घातक रोगको बीमा हुने बैंकले जानकारी दिएको छ । यस खातामा बैंकले वार्षिक १० प्रतिशत ब्याजदर दिने बताएको छ ।
    साथै, बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेसिनबाट निस्शुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

    प्रतिकृया दिनुहोस्