News Portal

  • समीट र सजिलो लघुवित्तको एकीकृत कारोबार सुरु

    आर्थीकसंसार संवाददाता६ असोज, २०७७
    ७८२ पटक
    ६ असोज, २०७७

    काठमाडौं । समीट लघुवित्त वित्तीय संस्था लिमिटेड र सजिलो लघुवित्त वित्तीय संस्था लिमिटेडले आज असोज ६ गते मंगलबारदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन् ।
    दुवै कम्पनीको असार २१ गते सम्पन्न विशेष साधारणसभाले मर्जरसम्बन्धी प्रस्ताव पारित गरेका थिए । यी दुई लघुवित्त वित्तीय संस्थालाई एकीकृत कारोबारका लागि नेपाल राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३’ बमोजिम मर्जर प्रक्रिया सम्पन्न गर्न दुवै संस्थालाई भाद्र ७ गते अन्तिम स्वीकृती प्रदान गरेको थियो । त्यस्तै, कम्पनी रजिष्ट्रार कार्यालयले पनि भाद्र २८ गते स्वीकृती प्रदान गरिसकेको छ ।
    अब मर्जरपश्चात समीट लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार हुने संस्थाले जानकारी दिएको छ । अब केन्द्रीय कार्यालय गण्डकी प्रदेशको गोरखा नगरपालिका–१३ मझुवा देउरालीमा रहने संस्थले बताएको छ ।

    प्रतिकृया दिनुहोस्