News Portal

  • कर्मचारी सञ्चय कोष ६१औँ वर्षमा प्रवेश

    आर्थीकसंसार संवाददाता३१ भदौ, २०७९
    ३२४ पटक
    ३१ भदौ, २०७९

    काठमाडौं । कर्मचारी सञ्चय कोषले आफनो ६१औँ वार्षिकोत्सव मनाएको छ। शुक्रबार कोषले राष्टिय सभागृहमा सुरक्षित भविष्यका लागि निवृत्तभरण तथा सञ्चय कोष’ भन्ने मूल नाराका साथ वार्षिकोत्सव मनाएको हो । बि स २०१९ सालमा स्थापना भएको कोषले २०३६ सालदेखि सरकारी शिक्षकहरूको कोष कट्टीको सुरुवात गरेको थियो भने ०४७ सालदेखि निजी क्षेत्रको कोष कट्टीको सुरुवात गरेको थियो । कोषले २०५२ देखि कूटनीतिक नियोग, गैरसरकारी संस्था लगायतको कोष कट्टी गर्दै आइरहेको छ ।
    ०७६ देखि योगदानमा आधारित निवृत्तभरण योजना र ०७७ देखि सार्वजनिक निकायको निवृत्तभरण तथा उपदान योजनाको सञ्चालन गर्दै आएको कोषले विज्ञान र प्रविधिको उच्चतम् प्रयोगलाई प्राथमिकता दिइएको बताएको छ । कार्यक्रममा सञ्चय कोषका निमित्त प्रमुख जितेन्द्र धितालले कोषको वर्तमान अवस्था र भावी कार्य योजनाको विवरण पेस गरेका थिए । कोष ६१औँ वर्षमा प्रवेश गर्दा विवरण पेस गर्दै क्यूआर कोर्डसहितको कार्डको व्यवस्था गर्नुका साथै कार्यालयको सम्पूर्ण सुविधा र जानकारीको लागि केएसके मोबाइल एपसमेत सञ्चालनमा ल्याएको निमित्त प्रशासक धितालले बताए ।
    धितालका अनुसार कोषमा ५ लाख ५५ हजार सञ्चयकर्ता छन्। कोषले ४ खर्ब ५९ अर्बभन्दा बढी वित्तीय स्रोतको परिचालन गर्नुका साथै सरकारको स्वामित्व वा नियन्त्रणमा रहेका तथा सरकारको अनुदानमा सञ्चालन हुने सबैजसो सार्वजनिक निकायका कर्मचारीको योगदानमा आधारित निवृत्तभरण तथा उपदान योजना सुरुवात गर्दै आएको छ ।
    चालु आर्थिक बर्षको भदौ मसान्तसम्म ३६४ कर्मचारीले केन्द्र, सात प्रदेशमा आठवटा कार्यालय र तीनवटा सेवाकेन्द्रबाट सेवा दिइरहेको जनाइएको छ । आर्थिक वर्ष २०७८÷७९ मा कोषलाई ३३ अर्ब ७८ करोड आम्दानी भएकोमा ४ अर्ब २१ करोड खुद मुनाफा हुने अनुमान छ । यो रकमलाई मुनाफा र सामाजिक सुरक्षा सुविधाको रुपमा सञ्चयकर्ताकै हितमा प्रयोग गर्दै जाने धितालले बताए ।
    कार्यक्रममा बोल्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव दिनेश भट्टराईले कोषले सञ्चयकर्तालाई विश्वास दिलाउने काम गरेर उनीहरूको मन जित्न सफल भएको बताए ।
    कार्यक्रममा राजस्व सचिव रामेश्वर दंगाल, नेपाली सेना, नेपाल प्रहरीका उच्च अधिकारी, कोष सञ्चालक समितिका सदस्य लगायतको. उपस्थिति थियो । कार्यक्रममा सञ्चय कोषमा २५ वर्षदेखि कार्यरत तीन जना उच्च तहका कर्मचारीलाई दीर्घ सेवा पदक, ६ जना अधिकृतलाई १५ वर्ष सेवा गरेबापत् सेवा पदक प्रदान गरिएको थियो। वार्षिकोत्सवमा यस वर्षको एसईईमा राम्रो जीपीए ल्याई उत्र्तीण हुने कर्मचारीका छोराछोरीलाई नगद पुरस्कार दिइएको थियो ।

    प्रतिकृया दिनुहोस्