काठमाडौं । दशैं नजिकिँदै जाँदा नयाँ नोटको चर्चा सुरु भएको छ । कोभिड–१९ महामारीकै बीच आएको दशैंका लागि नयाँ नोट साट्ने कि नसाट्ने दोधारमा राष्ट्र बैंक परेको छ । विशेषतः कोभिडका बेला डिजिटल कारोबारलाई प्राथमिकता दिएको राष्ट्र बैंकले डिटिलट माध्यमबाट दशैंको टिकाको दक्षिणा दिनेलाई प्रोत्साहन गर्ने योजना अघि सारेको छ ।
कोभिडपछि बैंकहरूले दिने एटीएमजस्ता विभिन्न सेवामा शुल्क लिन नपाउने व्यवस्थाका कारण बैंकहरू इन्सेन्टिभ दिन सक्ने अवस्थामा छैनन् र उनीहरूलाई दिन लगाउन पनि नहुने राष्ट्रले भनाइ छ । राष्ट्र बैंकले नोट छपाइमा लाग्ने खर्चको केही हिस्सा यस्ता क्रियाकलापमा लगाउन सके डिजिटल कारोबार गर्ने बढ्ने विश्वास बैंकको हो ।
मोबाइलबाट दक्षिणा दिनेलाई राष्ट्र बैंकले यति इन्सेन्टिभ दिन्छौं भनेर सीमा तोकिदिने हो भने डिजिटल कारोबार बढ्ने छ । सीमा तोकेर बोनस दिने व्यवस्था मिलाउन सके राम्रो हुने राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले बताए ।
डिजिटल कारोबारलाई प्रोत्साहन गर्न दशैंमा नयाँ नोट साट्नुको विकल्पमा मोबाइलबाट दक्षिणा दिने व्यवस्था मिलाउन सके राम्रो कस्तो प्रभाव रहन्छ भन्ने प्रश्नमा उनले डिजिटल कारोबार बढाउने यो उत्तम उपाय हुन सक्ने बताए ।
मोबाइलबाट दक्षिणा दिनेलाई प्रोत्साहन स्वरुप सहुलियत दिन सके एकातिर कोभिडको जोखिम कम हुने र अर्काेतिर मोबाइल प्रयोगकर्ता पनि बढ्ने सोच राष्ट्र बैंकले लिएको हो । डिजिटलमाध्यमबाट कारोबार गर्दा पैसाको प्रयोग कम हुन्छ । यसले पैसा छाप्ने खर्च समेत कटौती गर्छ ।
एक डिनोमेशनमा करिब ६ देखि साढे ६ अर्ब नोट छाप्न खर्च हुन्छ । राष्ट्र बैंकसँग ७ वटा डिनोमेशनका नोट छन् । एउटा डिनोमेशन ३० करोड वटा छाप्दा करिब एक अर्ब खर्च हुन्छ । राष्ट्र बैंकले एउटा डिनोमेशनको साइकल सवा ३ वर्षमा पुरा हुने गरी कार्यतालिका बनाएको छ । नोट छापेर बजारमा पैसा पुर्याउने जिम्मा राष्ट्र बैंकको हो । त्यही नोट छाप्दा लाग्ने खर्च जोगाएर सहुलियत दिने व्यवस्था राष्ट्रले लिन सके यसको प्रयोग विस्तारै बढ्दै जाने विश्वास राष्ट्र बैंकले लिएको छ ।
दशैंको दक्षिणा डिजिटलमाध्यमबाट लिनेलाई राष्ट्र बैंकको बम्पर योजना
आर्थीकसंसार संवाददाता५ असोज, २०७७
५ असोज, २०७७- विधुतीय शवदाह गृह निर्माण गर्न ग्लोबल आइएमई बैंकको २० लाख सहयोग
- मेरो माइक्रोफाइनान्सको अध्यक्षमा पाण्डे र सञ्चालकमा मुलेपती नियुक्त
- स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयर मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?
- नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ३ लाख बढी कित्ता शेयर बिक्रीमा
- नेपाल इन्भेष्टमेण्ट मेगा बैंकबाट एकैपटक ११ संस्थापक बाहिरिँदै
- एलआईसी नेपालको हकप्रद सेयर बिक्री खुला, कसले आवेदन दिन पाउँछ ?
- सिटिजन्स बैंकको सेयर १०२ रुपैयाँमै किन्ने मौका
- नेपाल बैंकका कर्मचारी र ग्राहकले सिद्धि पोली प्याथ ल्याबमा १०% छुट पाउने, यस्ता छन् सेवाहरू
- कृषि विकास बैंक शाखा कार्यालय मेलम्चीद्वारा सहयोग हस्तान्तरण
- सिद्धार्थ बैंक र एनसीएचएलबीच अलिपे प्लसमार्फत नेपालपे क्यूआरमा अन्तरदेशीय भुक्तानी गर्ने सम्झौता