News Portal

  • २४ घण्टामा १ हजार १ सय ५४ संक्रमित थपिए

    आर्थीकसंसार संवाददाता५ असोज, २०७७
    ११७५ पटक
    ५ असोज, २०७७

    काठमाडौं । बितेको पछिल्लो २४ घण्टामा देशभर १ हजार १ सय ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । उनका अनुसार बितेको २४ घण्टामा हजार ५ जना डिस्चार्ज भएका छन् भने हालसम्म निको हुनेको कुल संख्या ४७ हजार २३८ पुगेको गौतमले जानकारी दिए ।
    आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ६ सय ११ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ८ हजार ९ सय २१ रहेका छन् भने होम आइसोलेशनमा ८ हजार ६ सय ९० जना रहेका छन् ।
    यसैबीच बितेको २४ घण्टामा देशभर थप १६ जनाको मृत्यु भएको छ । यससँगै मृतकको कुल संख्या ४ सय २७ पुगेको गौतमले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्