News Portal

  • मर्जरसम्बन्धी सिभिल बैंकले भन्यो, ‘अहिलेसम्म औपचारिक निर्णय भएको छैन’

    आर्थीकसंसार संवाददाता५ असोज, २०७७
    ७७९ पटक
    ५ असोज, २०७७

    काठमाडौं । सिभिल बैंकले मर्जरको विषयमा अहिलेसम्म औपचारिक निर्णय नभएको बताएको छ । हिमालयन बैंकसँग मर्जरमा जाने हल्ला फैलाएर सेयर मूल्यमा असर पार्ने काम गरेको हो वा होइन भन्ने नेप्सेको प्रश्नमा बैंकले उक्त जवाफ दिएको हो ।
    मर्जरको लागि अनौपचारिक कुरा भए पनि हालसम्म बैंकको मर्जर समिति तथा संचालक समितिबाट कुनै पनि औपचारिक निर्णय नभएको सिभिल बैंकले जानकारी दिएको छ ।
    ‘नेपाल राष्ट्र बैंकले लिएको मर्जरको नीतिअनुरूप बैंकले मर्जर गर्नको लागि सम्भावित उपयुक्त बैंकहरु खोजी गर्ने क्रममा विभिन्न बैंकहरुसँग अनौपचारिक रुपमा कुरा अगाडि बढाएको भएतापनि हालसम्म बैंकको मर्जर समिति तथा संचालक समितिबाट कुनै पनि औपचारिक निर्णय भएको छैन ।’, बैंकले जनाएको छ ।
    त्यसैले बैंकले सेयर मूल्यमा असर पर्ने कुनै पनि सूचना प्रवाह नगरेको र यो विषयमा प्रकाशित समाचारहरुको बारेमा बैंकको कुनै आधिकारिक निर्णय नभएको समेत बैंंकले जनाएको छ ।
    आइतबार (असोज ४ गते) सेयर कारोबार खुलेको केही मिनेटमै सिभिल बैंकको सेयर मूल्य एकाएक १० प्रतिशतले बढेर पोजेटिभ सर्किट लागेको थियो । यससँगै हिमालयन र सिभिल बैंक मर्जरमा जार्ने हल्ला फैलाएर बैंकको सेयर मूल्यमा चलखेल गरिएको जानकारहरुले बताएका थिए ।

    प्रतिकृया दिनुहोस्