News Portal

  • राष्ट्रिय बीमा कम्पनीको सिइओमा शेखर बराल नियुक्त

    आर्थीकसंसार संवाददाता२३ भदौ, २०७९
    ३९७ पटक
    २३ भदौ, २०७९

    काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा शेखर बराललाई नियुक्त गरेको छ । बीमा र बैङ्किङ्ग क्षेत्रमा २५ वर्ष भन्दा बढी अनुभव हासिल गरेका बराललाई चार वर्षका लागि नियुक्त गरिएको कम्पनीले जनाएको छ । राष्ट्रिय बीमा कम्पनीको आज  बसेको संचालक समितिले बराललाई  प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गरेको हो  ।
    पदपुर्ती उपसमितिले खुला प्रतिस्पर्धाबाट क्रमश सुरेन्द्र थापा, रामबहादुर खड्का र शेखर बरालको नाम सिफारिस गरेको थियो । कम्पनीको सञ्चालक समितिले पदपुर्ती उपसमितिको मूल्याङ्कनै आधारमा तेस्रो  स्थानमा रहेका शेखर बरालले बाजी मारेका छन्।
    बरालसँग सुर्य लाइफ, लुम्बिनी जनरल र युनाईटेड इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी  सम्हालिसकेको अनुभव छ। स्ट्याण्डर्ड चार्टर्ड बैंकबाट करियर सुरु गरेका बरालले त्रिभुवन विश्व बिद्यालयबाट एमबीए गरेका छन् ।
    बरालले आइतबारदेखि नै राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदको कार्यभार सम्हाल्नेछन।

    प्रतिकृया दिनुहोस्