News Portal

  • बैंक अफ काठमाण्डु र खल्ती डिजिटल वालेटबीच सहकार्य

    आर्थीकसंसार संवाददाता५ असोज, २०७७
    ८६९ पटक
    ५ असोज, २०७७

    काठमाडौं । बैंक अफ काठमाण्डू र खल्ती डिजिटल वालेटबीच सहकार्य सुरु गरेको छ । बैंक अफ काठमाण्डूले आफ्ना ग्राहकलाई खल्ती डिजिटल वालेटमा सजिलै पैसा लोड गर्न दिन खल्ती डिजिटल वालेटसँग सहकार्य गरेको छ । यससम्बन्धी सम्झौतापत्रमा बैंक अफ काठमाण्डूका बजार व्यावस्थापन प्रमुख रितेश लामिछाने र खल्ती डिजिटल वालेटका निर्देशक अमित अग्रवालले एक कार्याक्रमका बीच हस्ताक्षर गरेका छन् ।
    सम्झौतापछि बैंक अफ काठमाण्डूका ग्राहकहरुले आफ्नो बैंक खाता लिंक गरेर, बैंकको डिजिटल सेवाहरु मोबाईल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्गमार्फत ‘खल्ती’मा सजिलै पैसा लोड गर्नु सक्नेछन् । साथै ग्राहकहरुले खल्तीबाट उपलब्ध डिजिटल सुविधाहरु प्रयोग गर्न सक्नेछन् ।
    यस सहकार्यबाट बैंकका सम्पूर्ण ग्राहकले बैंकबाट उपलब्ध सुविधाहरु (मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी आदि) को साथै अक्तिरित डिजिटल भुक्तानी सेवाहरु उपयोग गर्न सक्नेछन् ।
    खल्ती डिजिटल वालेट नेपालको लोकप्रिय पेमेन्ट गेटवे हो । खल्ती वालेटको प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ गर्ने, इ–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्नेजस्ता धेरै सेवाहरु लिन सकिन्छ । खल्तीका प्रयोगकर्ताहरुको संख्या १३ लाखभन्दा बढी छ । खल्ती एप गुगल प्ले स्टोर, एप्पल एप स्टोर र खल्ती डटकमबाट डाउनलोड गरी उपलब्ध सबै सेवाहरुको अनलाईन भुक्तानी गर्न सकिन्छ ।

    प्रतिकृया दिनुहोस्