News Portal

  • लुम्बिनी जनरल इन्स्योरेन्सको बोनश शेयर सुचिकृत

    आर्थीकसंसार संवाददाता२२ भदौ, २०७९
    ८९ पटक
    २२ भदौ, २०७९

    काठमाडौं । नेप्सेमा लुम्बिनी जनरल इन्स्योरेन्सको ९ दशमलव ५ प्रतिशत बोनश शेयर सुचिकृत भएको छ । कम्पनीले उक्त बोनस शेयर वापतको ११ लाख ३८ हजार ९४५ दशमलव ५ कित्ता शेयर भदौ २० गते नेप्सेमा सूचीकृत गरेको हो । कम्पनीले असार २९ गते सम्पन्न १७ औं वार्षिक साधारण सभाबाट पारित बोनश शेयर दोस्रो बजारमा सूचिकृत गरेको हो ।
    कम्पनीले आर्थिक वर्ष २०७७/ ७८ सम्मको मुनाफाबाट कुल १० प्रतिशत लाभांश वितरण गरेको हो । कम्पनीले ९ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गरेको हो ।
    कम्पनीले लाभांश प्रयोजनका लागि असार १५ गते एक दिन बुक कलोज गरेको थियो । बुक क्लोजको आधारमा असार १४ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको बोनश शेयर प्राप्त गर्नेछन् ।

    प्रतिकृया दिनुहोस्