News Portal

  • सांग्रिला डेभलपमेन्टका सीईओ श्रेष्ठले सम्हाले दोश्रो कार्यभार

    आर्थीकसंसार संवाददाता१९ भदौ, २०७९
    ४६३ पटक
    १९ भदौ, २०७९

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले दोश्रो कार्यकाल सम्हालेका छन् । सीईओमा पुनः नियुक्त श्रेष्ठले भदौ १९ गतेबाट थप ४ वर्षको कार्यभार सम्हालेका हुन् ।
    उनलाई भदौ ५ गते बसेको सञ्चालक समितिको बैठकले पुनः सीईओमा नियुक्त गर्ने निर्णय गरेको थियो । साथै, बैंकले सांग्रिला कस्टुमर केयर शुभारम्भ गरेको जानकारी गराएको छ ।
    बैंकले हाल ११२ शाखा कार्यालयहरु र ३१ एटीएम मार्फत ग्राहकलाई बैंकिङ्ग सेवा दिँदै आइरहेको छ ।

    प्रतिकृया दिनुहोस्