News Portal

  • सिभिल बैंकलाई नेप्सेको स्पष्टीकरण माग

    आर्थीकसंसार संवाददाता४ असोज, २०७७
    १६०५ पटक
    ४ असोज, २०७७

    काठमाडौं । सिभिल बैंक र हिमालयन बैंक मर्जमा जाने भन्ने विषयमा नेप्सेले सिभिल बैंकलाई स्पष्टीकरण मागेकोे छ । नेप्सेले विभिन्न सञ्चारमाध्यममा हिमालयन बैंक र सिभिल बैंकको मर्जरको विषयमा समाचार प्रकाशन भएको तर ती विषय नेप्सेलाई जानकारी नगराएको भन्दै बैंकसँग लिखित जवाफ पेश गर्न निर्देशन दिएको छ ।
    नेप्सेले २०७७/०६/०५ मा बजार खुल्नुभन्दा अगाडि नै लिखित जवाफ पठाउन बैंकलाई निर्देशन दिएको छ । नेप्सेले शेयर मूल्यमा प्रभाव पार्ने जानकारी तुरुन्त धितोपत्र बजार गराउनुपर्ने व्यवस्था रहेकाले यस विषयमा किन जानकारी नगराएको ? भन्दै स्पष्टीकरण मागेको हो ।

    प्रतिकृया दिनुहोस्