News Portal

  • राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा बीरेन्द्रनगरमा

    आर्थीकसंसार संवाददाता४ असोज, २०७७
    १५१३ पटक
    ४ असोज, २०७७

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सुर्खेत जिल्लाको बीरेन्द्रनगर नगरपालिका–६ स्थित शाखा कार्यालय बीरेन्द्रनगर सञ्चालनमा ल्याएको छ । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री माननीय प्रकाश ज्वालाले साइनबोर्ड अनावरण गरी बैंकको २४१औं शाखा कार्यालयको आईतबार समुद्घाटन गरे ।
    उक्त अवसरमा कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री माननीय प्रकाश ज्वालाले रा.वा.बैंक पूर्ण सरकारी बैंक भएकाले सरकारलाई सहयोग गर्नुपर्ने र बैंक नाफामुखीभन्दा पनि थप सेवामुखी हुनुपर्ने बताए । उनले महामारीको समयमा पनि बैंकले शाखा स्थापना गरी कर्णालीबासीलाई थप बैंकिङ्ग सेवा उपलब्ध गराएकोमा बैंक परिवारलाई धन्यवाद व्यक्त गरे ।

    प्रतिकृया दिनुहोस्