News Portal

  • राष्ट्रिय बीमा संस्थानले तीन दिने जीवन बीमा अभिकर्ता आधारभूत तालिम सञ्चालन गर्दै

    आर्थीकसंसार संवाददाता१५ भदौ, २०७९
    ४१४ पटक
    १५ भदौ, २०७९

    काठमाडौं । राष्ट्रिय बीमा संस्थानले जीवन बीमा अभिकर्ताका लागि आधारभूत तालिम सञ्चालन गर्ने भएको छ । संस्थानले देशभर फैलिएको आफ्नो शाखा कार्यालयहरु मार्फत उक्त तालिम सञ्चालन गर्ने भएको हो ।
    संस्थानको नारायणगढ शाखा कार्यालयले नारायणगढस्थित २०७९ भदौ १६ देखि १८ गते सम्म तालिम सञ्चालन गर्नेछ । साथै वुटवल शाखाले भदौ १६ देखि १९ गतेसम्म बुटवलस्थित तालिम सञ्चालन गर्ने संस्थानले जनाएको छ । केन्द्रिय कार्यालयले भने काठमाडौंको अनामनगरस्थित युनियन हाउसमा भदौ २० देखि २२ सम्म तालिम सञ्चालन गर्नेछ । यसैगरी, चावहिल शाखाले पनि युनियन हाउमै भदौ २३ देखि २५ गतेसम्म तालिम सञ्चालन गर्ने संस्थानले जनाएको छ ।
    संस्थानका अनुसार विराटनगर शाखाले विराटनगरस्थित भदौ २३ देखि २५ गतेसम्म तालिम सञ्चालन गर्ने तयारी गरेको छ । बिर्तामोड शाखाले भदौ २९ देखि ३१ गतेसम्म तालिम सञ्चालन गर्नेछ । साथै पोखरा शाखा कार्यालयले दमौलीमा यहि भदौ ३० गतेदेखि असोज १ गतेसम्म अभिकर्ताका लागि आधारभूत तालिम सञ्चालन गर्न गइरहेको छ । अभिकर्ताको रुपमा काम गर्न इच्छुकले पायक पर्ने शाखा कार्यालयमा सम्पर्क गरी तालिम लिन संस्थानले आग्रह गरेको छ ।

    प्रतिकृया दिनुहोस्