News Portal

  • मेगा बैंकले १८ लाख ४० हजार कित्ता शेयर लिलामीमार्फत बिक्री गर्ने

    आर्थीकसंसार संवाददाता४ असोज, २०७७
    १२९९ पटक
    ४ असोज, २०७७

    काठमाडौं । मेगा बैंकले हकप्रदमा बिक्री नभएका १८ लाख ४० हजार कित्ता शेयर यही ११ गतेदेखि लिलामीमार्फत बिक्री गर्ने भएको छ । बैंकले संस्थापक तर्फको ११ लाख ३३ हजार ३४४।७० कित्ता र सर्वसाधारण तर्फको ७ लाख ७ हजार ३९४।९३ कित्ता शेयर बोलकबोलमार्फत बिक्री गर्न लागेको हो ।
    बैंकले २०७४ भदौ २७ गतेदेखि कार्तिक १४ गतेसम्म बिक्री खुल्ला गरेको हकप्रद शेयरमा सबै शेयर बिक्री हुन नसकेपछि बिक्री नभएको हकप्रद शेयर लिलामीमार्फत बिक्री गर्न लागेको हो । लिलामी शेयरमा न्युनतम १०० कित्ताका लागि आवेदन दिन सकिने छ भने अधिकतम १ लाख कित्तासम्मको लागि आवेदन दिन सकिने बैंकले जनाएको छ ।
    लिलामी शेयरमा आवेदन गर्दा न्युनतम १ सय रुपैयनाँ अंकित गरी प्रतिशपर्धात्मक गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले आपूmले दिन चाहेको शेयर सँख्या र मूल्य उल्लेख गरी आवेदन पेश गर्न सक्नेछन् । लगानीकर्ताले असोज ११ गतेदेखि असोज १८ गतेसम्म लिलामी शेयर खरिदको लागि गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।
    लिलामी शेयरमा बिक्री प्रबन्धक मेगा क्यापिटल र मेगा बैंकका तोकिएका शाखा कार्यालयमार्फत आवेदन पेश गर्न सकिने छ । बैंकको शेयर असोज १ गते प्रतिकित्ता २२८ रूपैयाँमा अन्तिम कारोबार भएको थियो ।

    प्रतिकृया दिनुहोस्