News Portal

  • रिलायन्स लाइफको क्षेत्रिय एजेन्सी भेटघाट सम्मेलन सम्पन्न

    आर्थीकसंसार संवाददाता१३ भदौ, २०७९
    ३७१ पटक
    १३ भदौ, २०७९

    काठमाडौं । रिलायन्स लाइफ इन्सोरेन्स कम्पनीले क्षेत्रिय एजेन्सी भेटघाट सम्मेलन– रिलायन्स साथी क्षेत्र ४ बिराटनगर, सफलतापूर्वक ईटहरीमा सम्पन्न गरेको छ । उक्त सम्मेलनको प्रमुख अतिथिको रुपमा कम्पनीका डेपुटि चिफ एक्जुकेटिभ अफिसर निराजन कँडेलको उपस्थिती रहेको थियो ।
    त्यसैगरी कार्यक्रममा प्रमुख व्यापार अधिकारी सूर्य प्रकाश गुप्ता, क्षेत्रीय सहायक प्रबन्धक थीर बहादुर श्रेष्ठ र क्षेत्र प्रबन्धक क्षितिज घिमिरकोे पनि उपस्थिती थियो ।

    सोहि कार्यक्रममा प्रशिक्षक बि.पि. रेग्मीले बीमा सम्बन्धी चेतनामुलक भनाई र उद्धरणहरु प्रस्तुत गरेर त्यहाँ उपस्थित सम्पुर्ण मानिसहरुको ध्यानआकर्षण गराएका थिए ।
    कम्पनीले हरेक बर्ष प्रत्येक क्षेत्रमा यस्तो भुला गर्दै आएको छ । साथै एजेन्सी भेला कम्पनीको व्यवसायिक प्रयोजनको लागि महत्वपुर्ण हुने हुँदा बिभिन्न तालिम दिइएको कम्पनीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्