वालिङ । स्याङ्जाको पुतलीबजार नगरपालिकाका प्रमुख तुलसीराम रेग्मीले स्थानीय तहको समृद्धिको आधार सहकारी क्षेत्र भएकाले सहकारी अभियान र स्थानीय तहबीच समन्वय र सहकार्य हुनु पर्नेमा जोड दिएका छन् ।
राष्ट्रिय सहकारी बैंक लिमिटेड पुतलीबजार शाखाले बिहीवार पुतलीबजारमा बिहीबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै नगर प्रमुख रेग्मीले यस्तो बताएका हुन् ।
ग्रामिण क्षेत्रमा रहेका जनताको उत्पादन बढाउने, उत्पादित वस्तुको संकलन र बजारीकरणका लागि स्थानीय तह र सहकारीहरुबीचको सहकार्यमा जोड दिदै उनले सहकारीको पूँजि र प्रविधिलाई जनताको आयआर्जनमा लगाउन उनले सुझाव दिए ।
कार्यक्रममा बिरुवा गाउँपालिकाका अध्यक्ष सूर्य कुँवरले दुर्गम क्षेत्रमा बस्ने जनताको वित्तीय पहुँचको क्षेत्र सहकारी भएकाले सहकारीको सञ्चालन प्रक्रियालाई थप व्यवस्थित गराउँदै सेवा सुविधालाई प्रविधिमैत्री र सदस्य केन्द्रीत बनाउनु पर्नेमा जोड दिए ।
कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका सञ्चालक हुमा कुमारी जिसी (अञ्जु), जिल्ला वचत तथा ऋण सहकारी संघ स्याङ्जाका अध्यक्ष रविन्द्र प्रसाद श्रेष्ठ, जिल्ला कफि सहकारी संघका अध्यक्ष फनिनारायण अर्याल, जिल्ला सहकारी संघ स्याङ्जाका कोषाध्यक्ष शिव वाग्ले, जिल्ला वचत तथा ऋण सहकारी संघका पूर्व अध्यक्ष अनन्त कुमार श्रेष्ठ, पुतलीबजार नगरपालिका सहकारी शाखाका प्रमुख विष्णुप्रसाद भुषाल, आधिखोला गाउँपालिकाका सहकारी शाखाका प्रमुख कृष्णप्रसाद पोखरेल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले बैंकको विगत, वर्तमान र आगामी योजनाका बारेमा सहजीकरण गरेका थिए ।
बैंकका अध्यक्ष के.बी उप्रेतीको अध्यक्षता राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा लुम्बिनी प्रदेशका संयोजक विजया धितालको सञ्चालन र पुतली बजार शाखाका प्रमुख पुष्पा क्षेत्रीको स्वागतमा सम्पन्न भएको थियो ।
स्थानीय तहको समृद्धिको आधार सहकारी हो: नगरप्रमुख रेग्मी
आर्थीकसंसार संवाददाता१० भदौ, २०७९
१० भदौ, २०७९- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- १८औँ वार्षिकोत्सवमा विद्यार्थी लक्षित वित्तीय साक्षरता कार्यक्रम गर्दै ग्लोबल आइएमई बैंक
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन