News Portal

  • देशभर २ हजार २० जना कोरोना संक्रमित थपिए

    आर्थीकसंसार संवाददाता२ असोज, २०७७
    ४८६ पटक
    २ असोज, २०७७

    काठमाडौं । बितेको २४ घण्टामा देशभर २ हजार २० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यससँगै देशभर संक्रमितको कुल संख्या ६१ हजार ५ सय ९३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये १ सय ७३ आईसीयूमा उपचाररत छन् भने ३६ जना भेन्टिलेटरमा रहेका छन् ।
    हालसम्म संक्रमण मुक्त हुनेको संख्या ४३ हजार ८ सय २० पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । पछिल्लो २४ घण्टामा ८ सय ७१ जना कोरोना संक्रमणमुक्त भएका छन् । नेपालमा संक्रमणमुक्त हुनेको दर ७१.१ प्रतिशत रहेको छ ।
    आज देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ३ सय ८३ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ९ हजार २ सय ९५ र होम आइसोलेशनमा ८ हजार ०८८ जना रहेका छन् । यस्तै आज पीसीआर ११ हजार ४ सय ५८ जनाको भएको छ ।
    पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा ८ सय ५९ मात्रै कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा ६ सय ९८, भक्तपुरमा ८२ र ललितपुरमा ७९ जना कोरोना संक्रमित थपिएका हुन् । योसँगै पछिल्लो २४ घण्टामा नेपालमा २ हजार २० नयाँ संक्रमित थपिएका छन् । उपत्यकामा एकै दिनमा यति धेरै संक्रमित थपिएको पहिलो पटक हो । त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाबाट सात जनाको मृत्यु भएको छ । काठमाडौ, ललितपुर, भक्तपुर, मोरङ र नवलपरासीमा गरी दुई महिला र ५ पुरुषको मृत्यु भएको हो ।

    प्रतिकृया दिनुहोस्