News Portal

  • नेपाल एग्रो लघुवित्तको सीईओमा बोहरा

    आर्थिकसंसार संवाददातासाउन २०, २०७७
    ७१९ पटक
    साउन २०, २०७७

    काठमाडौं । नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको निमित्त प्रमुख कार्यकारी अधिकृतमा मिनबहादुर बोहरा नियुक्त भएका छन् । बोहरा यसअघि कालिका लघुवित्तको प्रमुख कार्यकारी अधिकृत रहेका थिए । बोहराले कालिका लघुवित्त सिईओ पदबाट १५ दिनअघि मात्रै आफ्नो कार्यकाल बाँकी रहँदारहँदै बाहिरिएका थिए ।
    नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका सीईओहरुलाई ६ महिनाको कुलिङ मिरियड तोकेको छ । अर्थात कुनै एक बैंक तथा वित्तीय संस्थाबाट बाहिरिएको ६ महिनाअघि कुनै सीईओले अर्काे संस्थामा सीईओ हुन पाउँदैनन् । यसै कारणले गर्दा बोहरालाई नेपाल एग्रोको सञ्चालक समितिले नायव प्रमुख कार्यकारी अधिकृतको नियुक्ति दिएर निमित्त सीईओको जिम्बेवारी दिएको हो ।
    संस्था सञ्चालक समिति स्रोतअनुसार ६ महिनाको कुलिङ पिरियड पुरा भएपछि बोहरा नै पूर्ण सीईओ हुनेछन् ।

    प्रतिकृया दिनुहोस्