
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले हकप्रद सेयर जारी गर्ने भएको छ । बैंकले १ः १ को अनुपातमा प्रति कित्ता १०० रुपैयाँको दरले २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद सेयर जारी गर्ने भएको हो ।
बैंकले यसको लागि ग्लोबल आइएमई क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो सम्बन्धमा डेभलपमेन्ट बैंक र क्यापिटलबीच हकप्रद शेयर निष्कासन सम्बन्धी सम्झौता भएको छ ।
उक्त सम्झौतामा नारायणी डेभलपमेन्ट बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पशुपति पौडेल र ग्लोबल आइएमई क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकालले हस्ताक्षर गरेका छन् ।
चितवन जिल्लाको रत्ननगरमा केन्द्रीय कार्यालय रहेको यस डेभलपमेन्ट बैंकको अधिकृत पुँजी ५३ करोड र जारी पुँजी २६ करोड २४ लाख ६७ हजार ६ सय रहेको छ भने हाल यस डेभलपमेन्ट बैंकका ५ वटा शाखा कार्यालयहरु सञ्चालनमा रहेका छन् ।