News Portal

  • सुर्खेतमा शिखर इन्स्योरेन्सको बीमा अभिमुखीकरण कार्यक्रम सम्पन्न

    आर्थीकसंसार संवाददाता२४ साउन, २०७९
    ५७३ पटक
    २४ साउन, २०७९

    काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले सुर्खेत जिल्लामा बीमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा कम्पनीको सूर्खेत शाखा प्रमूख नवराज ढुंगानाले नेपालमा कृषि बीमाको इतिहास, बीमालेख, दावी प्रकृयाबारे जानकारीमलक प्रस्तूति दिएका थिए ।
    कर्णाली प्रदेशको जूम्ला, मूगू, कालिकोटमा भईरहेको शिखर इन्स्योरेन्सको मौसम सूचकाड्ढको आधारित स्याउ खेती बीमा हालसालै शूरु गरिएको कर्णाली खोलाको बाढीमा आधारित मौसम सूचांङ्क बीमाको समेत छलफल भएको थियो ।
    स्थानिय सहकरी प्रतिनिधी छविलाल घर्तीका अनुसार हालसम्म बीमा कम्पनी फेरेको फेरेकै गर्नुपरेको र बीमा गर्न अभिकर्ता समएमा नआएर बीमा नविकरण र पछि थप भएको पशुको बीमा गर्दा कठिनाइ भएकाले बीमा कम्पनीलाई यसको समाधान गर्न आग्रह गरे । बीमा अभिमूखिकरण कार्यक्रम लगतै सोही दिनमै १४ जना कृषकको गाई, भैंसी तथा बंगुरको पशुधन बीमा गरिएको थियो ।

    प्रतिकृया दिनुहोस्