News Portal

  • करोडमा नाफा गर्ने सिभिल बैंक १६२ प्रतिशत बढेर अर्ब क्लबमा प्रवेश

    आर्थीकसंसार संवाददाता२१ साउन, २०७९
    ५३३ पटक
    २१ साउन, २०७९

    काठमाडौं । सिभिल बैंकको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफामा १६२.३६ प्रतिशत उछाल आएको छ । अघिल्लो वर्ष करोड करोडमा नाफा कमाउने बैंक गतवर्षदेखि अर्ब क्लबमा उक्लिएको छ । बैंकको गत असार मसान्तसम्ममा खुद नाफा १६२.३६ प्रतिशत बढेर १ अर्ब ३८ करोड ४६ लाख ८५ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ५२ करोड ७७ लाख ८४ हजार रुपैयाँ खुद नाफा आजर्न गरेको थियो ।
    बैंकले नाफासँगै वितरण योग्य नाफामा पनि फड्को मारेको छ । अघिल्लो वर्ष ४९ करोड ८५ लाख ८५ हजार रुपैयाँ रहेकोमा गत असार मसान्तसम्ममा १ अर्ब ६३ लाख ९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको तुलनामा १०१.८३ प्रतिशत बढेको हो ।
    बैंकको खुद ब्याज आम्दानी ६४.३१ प्रतिशत बढेर ३ अर्ब ६४ करोड १५ लाख ३४ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष २ अर्ब २१ करोड ६१ लख ९२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
    बैंकको कुल सञ्चालन आम्दानी ४२.२५ प्रतिशत बढेर ४ अर्ब २४ करोड ७० लाख १७ हजार रुपैयाँ र सञ्चालन नाफा १३९ प्रतिशत बढेर २ अर्ब ११ करोड ३२ लाख ७१ हजार रुपैयाँ रहेकोछ ।
    समिक्षा अवधिमा बैंकको चुक्ता पूँजी ५ प्रतिशत बढेर ९ अर्ब ७ करोड ५८ लाख ४४ हजार रुपैयाँ, जगेडा कोष २४.४५ प्रतिशत बढेर १ अर्ब ९३ करोड ६८ लाख ८६ हजार रुपैयाँ, निक्षेप संकलन ६.३० प्रतिशत बढेर ९४ अर्ब ४९ करोड ९ लाख ७१ हजार रुपैयाँ र कर्जा ५.५७ प्रतिशत बढेर ८३ अर्ब ४४ करोड १ लाख २० हजार रुपैयाँ पुगेको छ ।
    बैंकको प्रतिसेयर आम्दानी ९.१५ रुपैयाँ बढेर १५.२६ रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १३२.४३ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात १३.९६ प्रतिशत रहेको छ ।

    प्रतिकृया दिनुहोस्