News Portal

  • विदेशमा रहेका नेपालीले जनुसकुै देशबाट पनि प्रभु बैंकमा डलर खाता खोल्न सक्ने

    आर्थीकसंसार संवाददाता१८ साउन, २०७९
    ५०२ पटक
    १८ साउन, २०७९

    काठमाडाैं । प्रभु बैंक र गैर आवासीय नेपाली सङ्घबीच विदेशी मुद्रामा खोलिने खाता तथा अन्य बैकिङ सेवा सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र गैर आवासीय नेपाली सङ्घका तर्फबाट अध्यक्ष विनोद कुवँरले हस्ताक्षर गरेका छन् ।
    सम्झौता अनुसार गैर आवासीय नेपाली तथा गैर आवासीय नेपाली सङ्घका सदस्यहरुले विदेशका जुनसुकै देशहरुबाट पनि प्रभु बैंकमा विदेशी मुद्रामा बचत खाता खोल्न तथा संचालन गर्न सक्नेछन् ।
    बैंककाे अनुसार यस प्रकारका खाताहरु अमेरिकी डलर, युरो, पाउण्ड स्टर्लिङ, अष्ट्रेलियन डलर र जापानिज येनमा न्युनतम मौज्दात अमेरिकी डलर एक हजार वा सो बराबरको उपर्युक्त परिवत्र्य विदेशी मुद्रा कायम गरी खोल्न सकिनेछ ।
    साथै, यसरी खोलिएको खातामा नेपाल राष्ट्र बैंकको निति, नियम तथा निर्देशनको अधिनमा रहि विदेशबाटै बैंकिङ्ग प्रणलीबाट मात्र रकम जम्मा गर्नु पर्नेछ ।
    यस्ता खातामा नगद रकम जम्मा गर्न पाईने छैन र जम्मा गरेको रकम तथा आर्जन गरेको ब्याज विदेशमानै फिर्ता लानु परेमा जम्मा गरेकै मुद्रामा जुन देशबाट रकम पठाएको हो सोही देशमा निक्षेप कर्ताको नाममा रहेको बैंक खातामा मात्र पठाईनेछ । तर, यस्ता खातामा रहेको रकम नेपालमै खर्च गर्न तथा रकमान्तर गर्न सकिने बैंकले जनाएकाे छ ।

    प्रतिकृया दिनुहोस्