News Portal

  • नेरुडे लघुवित्तद्धारा वार्षिक समिक्षा गोष्ठि सम्पन्न

    आर्थीकसंसार संवाददाता१६ साउन, २०७९
    ४४५ पटक
    १६ साउन, २०७९

    काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक समिक्षा गोष्ठि सम्पन्न गरेको छ । कम्पनीले उक्त गोष्ठि होटल बिगविराटनगरमा सम्पन्न गरेको हो । संस्थाले आफ्ना प्रदेश नं. १ मा रहेका ४० वटा कार्यालयका प्रमुखहरुसँग गत आ.व.२०७८/०७९ को वार्षिक समिक्षा बैठक साथै चालु आ.व.को कार्ययोजना सम्बन्धमा समेत छलफल गरेको थियो ।
    सोही अवसरमा संस्थाले कर्मचारीहरुको क्षमता विकास तथा समय सापेक्ष आफ्नो सेवालाई परिस्कृत गर्दै लैजान सहभागीहरुलाई सम्पत्ती शुद्धिकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण र ग्राहक संरक्षण सिद्धान्त सम्बन्धमा समेत जानकारी गराएको थियो ।
    नेरुडे राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्थाहो । संस्थाले २०७९ आषाढ मसान्त सम्म १ लाख ६० हजार ग्राहक सदस्यहरुलाई वित्तीय सेवा प्रदान गर्दै आईरहेको छ ।

    प्रतिकृया दिनुहोस्