News Portal

  • कृषि विकास बैंकद्वारा नयाँ ब्याजदर सार्वजनिक

    आर्थिकसंसार डटकम१ असोज, २०७७
    १४२० पटक
    १ असोज, २०७७

    काठमाडौं । कृषि विकास बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले असोज १ गते बिहीबारदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।
    बैंकले साधारण निक्षेपमा न्युनतम ३ प्रतिशतदेखि अधिकतम ५ प्रतिशत ब्याजदर कायम गरेको छ भने व्यक्तिगत मुद्दती निक्षेपमा न्यूनतम ६ दशमलव २५ देखि अधिकतम ७ दशमलव २५ प्रतिशत मात्र ब्याज दिने जनाएको छ ।
    बैंकले संस्थागत मुद्दतीमा ६ दशमलव २५ प्रतिशत देखि ६ दशमलव ५० प्रतिशतसम्म मात्र ब्याज दिने जनाएको छ । नवीकरण हुने संस्थागत निक्षेपमा भने बैंकले थप ० दशमलव १० प्रतिशत ब्याज दिने जनाएको छ ।

    प्रतिकृया दिनुहोस्