News Portal

  • प्रभु बैंक र समर्पण हेल्थ केयर सेन्टरका बीच आकर्षक छुटसम्बन्धी सम्झौता

    आर्थीकसंसार संवाददाता१० साउन, २०७९
    ६५८ पटक
    १० साउन, २०७९

    काठमाडौं । प्रभु बैंक लिमिटेड र समर्पण हेल्थ केयर सेन्टरका बीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट डिजिटल सेल्स विभागका प्रमुख भेषराज धमला र समर्पण हेल्थ केयर सेन्टरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अविसेक राजथलाद्वारा उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको हो । प्रभु बैंक र उक्त सेन्टरबीच सम्पन्न सम्झौताअनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहनुभएका सम्पूर्ण ग्राहक महानुभावहरुले समर्पण हेल्थ केयर सेन्टरद्वारा सञ्चालित प्रयोगशाला परीक्षण (रगत, दिसा, पिसाब, खकार) सेवामा २० प्रतिशत छुट प्राप्त हुने व्यवस्था गरिएको छ । फार्मेसी, ऐस्थेटिक, इ.सी.जी, रेडियोलोजी (यु.एस्.जी तथा ई.सी.ओ) सेवामा १० प्रतिशत छुट हुने भएको छ । यसका साथै रु २००० भन्दा बढीको औषधी खरीद गर्ने समर्पण हेल्थ केयर सेन्टर देखि २ किमिको दुरी भित्र रहनुहुने ग्राहक महानुभावहरुलाई होम डेलिभरीको व्यवस्था गरिएको छ ।
    उतm सम्झौताअन्तर्गत समर्पण हेल्थ केयर सेन्टरमा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहक महानुभावहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, हेल्थ केयर सेन्टरका उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाइएको छ । यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक महानुभावहरु लाभान्वित हुनुहुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।

    प्रतिकृया दिनुहोस्