काठमाडौं । डिएचआइ इलेक्ट्रोनिक्स प्रालि, नेपाली उपभोक्ताहरुको माग तथा आवश्यकतालाई मध्यनजर गर्दै एक कार्यक्रमबीच जुलाई २४, २०२२ मा काठमाडौंमा, डिएचआइ ब्रान्ड लन्च गरी उक्त ब्राण्डका इलेक्ट्रोनिक्स तथा घरायसी उपकरणहरु अनावरण गरेको छ ।
उक्त कार्यक्रममा डिएचआइ ब्रान्डका बिभिन्न उत्पादनहरु प्रदर्शन गरियो, जसमा डिएचआइका घरेलु तथा होम इन्टरटेन्मेन्टका उपकरणहरुअन्तर्गत टेलिभिजन, वाशिङ मेसिन, रेफ्रिजरेटर, इन्डक्सन चुलो, राइस कुकर, एयर कुलर, किचन चिम्नी, भ्याकुम क्लिनर र चेस्ट फ्रिजरलगयतका अन्य घरेलु उपकरणहरु राखिएको थियो ।
डिएचआइ इलेक्ट्रोनिक्सले डिएचआइ ब्रान्डका घरायसी उपकरणहरुले भान्सामा र घरमा ग्राहकहरुलाई सहजता र चुस्तता प्रदान गर्ने दाबी गरेको छ । अझ विशेष गरी महिलाहरुले आफ्नो रुची, करियर वा परिवारसंग बिताउनका लागि थप समय र ऊर्जा प्राप्त गर्नेछन् । देशमा पेट्रोलियम पद्धार्थको आयतले व्यापार घाटालाई थप चुनौतीपूर्ण बनाइरहेको स्थितिमा आफ्नै देशको ऊर्जा खपत गरी अर्थतन्त्रमा पर्न जाने आर्थिक भार कम गर्न पनि डिएचआइका ऊर्जा कुशल विद्युतीय उपकरणहरुले महत्वपूर्ण भूमिका खेल्नेछ । त्यसबाहेक, डिएचआइ ब्रान्डका नयाँ उत्पादनहरुले प्रतिस्पर्धात्मक वातावरण सिर्जना गरी बजारको मागलाई सम्बोधन गर्न मद्दत गर्नेछ ।
डिएचआइका प्रमुख कार्यकारी अधिकृत केशवकान्त पौडेल भन्नुहुन्छ, ‘डिएचआइ होम एप्लायन्सका नवीनतम प्रविधि र उत्कृष्ट गुणस्तरका उत्पादनहरु बजारमा उपलब्ध छन्, जुन निकै सुविधाजनक, भरपर्दा र तुलनात्मक रुपमा प्रतिस्पर्धी मूल्यमा उपलब्ध छन् । हामीले डिएचआइ ब्रान्डका उत्कृष्ट उत्पादनहरु मार्फत ग्राहकहरुको सन्तुष्टिलाई मध्यनजर गर्दै प्रत्येक घरलाई सुखी घर बनाउने लक्ष्य राखेका छौं र हाम्रा ग्राहकहरुको मन पनि जितिरहेका छौं ।’
डिएचआइ इलेक्ट्रोनिक्सले करीब दुई वर्षयता नेपालमा सेट–टप बक्सको निर्माण र वितरणमा अग्रणी भूमिका खेल्दै आएकोमा पछिल्लो समय स्वदेशी बजारमा इलेक्ट्रोनिक्स र घरायसी उत्पादनहरुको मागलाई मध्यनजर नगरी डिएच आइ ब्रान्डअन्तर्गत आफ्नो गुणस्तरीय उत्पादनहरु बजारमा ल्याएको छ । यस्ता उपकरणहरुमा देखिन सकिने सम्भावित समस्याहरुलाई यथाशिघ्र सम्बोधन गर्न नेपालभरी आफ्नो सेवा सन्जाल समेत बिस्तार गरिएको छ । यसका साथै डिएचआइ इलेक्ट्रोनिक्स नेपालकै एक विश्वसनीय संस्था डिशहोमको भगिनी संस्था भएकोले उत्पादन र सेवा वितरणमा उत्कृष्टता प्रदान गर्नेछ । डि एच आइ ह्यापियर होम, छुट्टै छ है भन्ने नारा बोकेको डि एच आइ ब्रान्डका इलेक्ट्रोनिक्स तथा घरायसी उपकरणहरु बजारमा सर्वत्र उपलब्ध छन् ।
डिएचआइ ब्रान्डका इलेक्ट्रोनिक्स तथा घरायसी उपकरणहरु नेपाली बजारमा
आर्थीकसंसार संवाददाता९ साउन, २०७९
९ साउन, २०७९- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान