News Portal

  • माछापुच्छ्रे बैंकले ३४.४३ प्रतिशत नाफा बढायो, वितरणयोग्य नाफा १.३२ अर्ब रुपैयाँ पुग्यो

    आर्थीकसंसार संवाददाता७ साउन, २०७९
    २६७ पटक
    ७ साउन, २०७९

    काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा ३४.४३ प्रतिशत बढेर २ अर्ब १६ करोड ९ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ६० करोड ७४ लाख ७३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
    गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी १६.६७ प्रतिशत बढेर ५ अर्ब ७ करोड ६९ लाख ९९ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ४ अर्ब ३५ करोड १४ लाख ९२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
    गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकको सञ्चालन मुनाफा २६.७५ प्रतिशत बढेर ३ अर्ब १३ करोड ४० हजार रुपैयाँ, खुद फि तथा कमिसन आम्दानी १४.९५ प्रतिशत बढेर १ अर्ब १६ करोड ३१ लख ३५ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी १२.९० प्रतिशत बढेर ६ अर्ब ५६ करोड ८० लाख ८६ हजार रुपैयाँ र वितरणयोग्य मुनाफा ३.३१ प्रतिशत बढेर १ अर्ब ३२ करोड ८४ लाख ५ हजार रुपैयाँ रहेको छ ।
    समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी १३.३० प्रतिशत बढेर १० अर्ब २५ करोड ७१ लख ५५ हजार रुपैयाँ, जगेडा कोष २२.९० प्रतिशत बढेर ४ अर्ब ६८ करोड ३९ लाख ३५ हजार रुपैयाँ, निक्षेप १०.१९ प्रतिशत बढेर १ खर्ब ४५ अर्ब २ करोड ६० लाख ४९ हजार रुपैयाँ र कर्जा १३.२० प्रतिशत बढेर १ खर्ब २८ अर्ब ५६ करोड २२ लाख ५४ हजार रुपैयाँ पुगेको छ ।
    गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ३१ पैसा बढेर २१ रुपैयाँ ७ पैसा पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको प्रतिसेयर आम्दानी १७.७६ रुपैयाँ रहेको थियो । समिक्षा अवधिमा बैंकको मूल्य आम्दानी अनुपात १२.०६ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ ७० पैसा रहेको छ ।

    प्रतिकृया दिनुहोस्