News Portal

  • चालू आर्थिक वर्षमा अपेक्षित आर्थिक वृद्धि औसतभन्दा उच्च रहन्छ : राष्ट्र बैंक

    आर्थीकसंसार संवाददाता६ साउन, २०७८
    ४५८ पटक
    ६ साउन, २०७८

    काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७९/८० को आर्थिक वृद्धि औसतभन्दा उच्च रहने बताएको छ । आज चालू वर्षको मौद्रिक नीति सार्वजनिक गर्ने क्रममा गभर्नर महाप्रसाद अधिकारीले आर्थिक वृद्धि औसतभन्दा माथि रहने बताएका हुन् । उनका अनुसार कोभिड महामारीले उत्पादन क्षमता घटेका उद्योगहरूको क्षमता वृद्धि हुँदा आर्थिक वृद्धिमा सहयोग पुग्ने देखिन्छ ।
    यद्यपि, चालू वर्षमा कृषि क्षेत्रमा भएको रासायनिक मलको अभावले भने आर्थिक वृद्धिको लक्ष्यमा चुनौती खडा गर्ने अनुमान गरिएको छ । यसै गरी, बाह्य क्षेत्र (अमेरिकी डलरको मूल्य वृद्धि, व्यापार घाटा लगायत) ले पनि आर्थिक वृद्धिको लक्ष्यमा चुनौती खडा गर्ने छ । यसका साथै, रुस–युक्रेन युद्धका कारण विश्वव्यापी रूपमा बढेको मूल्यवृद्धि समेत आर्थिक वृद्धिको लक्ष्यमा चुनौती बनेर आउन सक्ने राष्ट्र बैंकको आँकलन छ ।

    प्रतिकृया दिनुहोस्