News Portal

  • देशभर १४५९ जनामा कोरोना संक्रमण पुष्टि

    आर्थीकसंसार संवाददाता३० भदौ, २०७७
    १२९० पटक
    ३० भदौ, २०७७

    काठमाडौं । बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा ६ सय ७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौंमा मात्रै ५ सय ५५ जना रहेका छन् भने भक्तपुरमा ८६ र ललितपुरमा ३५ जना रहेका छन् ।
    मंगलबारको नियमित प्रेस ब्रिफिङपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्यांकमा सो जानकारी गराइएको हो । पछिल्लो समय उपत्यकामा निषेधाज्ञा खुकुलो बनाइएसँगै संक्रमित पनि बढ्लै गएका छन् । यस्तै उपत्यका प्रवेश गर्ने नाकामा समेत कडाइ हुन नसकेको भनिएको बेला संक्रमित पनि बढेका हुन् । यस्तै पछिल्लो २४ घण्टामा देशभर भने १ हजार ४ सय ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले हालसम्म संक्रमितको कुल संख्या ५६ हजार ७ सय ८८ पुगेको बताए ।
    उनका अनुसार देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ७ सय ८९ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ८ हजार १३९ र होम आइसोलेशनमा ७ हजार ६१० जना रहेका छन् । यस्तै बितेको २४ घण्टामा १० हजार ३७५ जनाको पीसीआर परीक्षण भएको छ ।
    यस्तै पछिल्लो २४ घण्टामा १ हजार ६२ जना निको भएका छन् भने कुल निको हुनेको संख्या ४० हजार ६३८ पुगेको छ । यसैबीच आज कोरोनाबाट थप ११ को मृत्यु भएको छ । यससँगै मृतकको कुल संख्या ३ सय ७१ पुगेको छ ।

    प्रतिकृया दिनुहोस्