News Portal

  • विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा कोइराला

    आर्थिकसंसार डटकमभदौ ३०, २०७७
    ५०७ पटक
    भदौ ३०, २०७७

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी लेखनाथ कोइरालालाई दिइएको छ । ऊर्जा मन्त्री वर्षमान पुनले अर्काे व्यवस्था नहुन्जेलसम्मका लागि कोइरालाई निमित्तको जिम्मेवारी दिएको ऊर्जामन्त्रीका प्रेस संयोजक दयानिधि भट्टले जानकारी दिए । प्राधिकरणमा उपकार्यकारी निर्देशकको भूमिकामा रहेका कोइरालालाई वरिष्ठताको आधारमा सो जिम्मेवारी दिइएको हो ।
    गत आइतबार कार्यकाल सकिएका कार्यकारी निर्देशक कुलमान घिसिङको आज विद्युत प्राधिकरणबाट बिदाइ गरिएको थियो । उनको पुनर्नियुक्ति हुनुपर्ने भन्दै चौतर्फी आवाज उठेपछि मन्त्रिपरिषद्बाट निर्णय हुन सकेको छैन । ऊर्जामन्त्री पुनले सोमबारको मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लगेपछि प्रधानमन्त्रीले यसबारे थप छलफल गर्ने भन्दै ‘होल्ड’मा राखिदिएका छन् ।

    प्रतिकृया दिनुहोस्