News Portal

  • एस वार्षिक नाटक २०२२ ‘एक सिक्का’ असार ३२ गते

    आर्थीकसंसार संवाददाता३० असार, २०७९
    ८५४ पटक
    ३० असार, २०७९

    काठमाडौं । एस इन्स्टिच्युट अफ म्यानेजमेन्टका स्नातकका विद्यार्थीद्वारा आयोजित गरिने ‘एस वार्षिक नाटक‘ कार्यक्रम हो । ‘एस वार्षिक नाटक’ २०६८ सालदेखि सुरु भएको हो । विगत १० वर्षदेखि विद्यार्थीहरुले हरेक बर्ष नाटक गर्दै आएका छन् ।


    बिहीबार काठमाडौंमा एक पत्रकार सम्मेलन गर्दै यसपालीको नाटकको नाम ‘एक सिक्का’ राखेको आयोजकले जानकारी दिएको छ । जसको नाट्य, आलेख र निर्देशन प्रदिप कुमार चौधरी र सह–निर्देशन भरत लिम्बुले गर्नुभएको छ ।
    सो नाटक नेपाल प्रज्ञा प्रष्ठिानमा असार ३२ गते शनिबार प्रदर्शन हुनेछ । सो नाटक दिउसो १ बजे र बेलुका ५ बजे प्रदर्शन गरिनेछ ।
    एस इन्सटिट्युट अफ म्यानेजमेन्टका एशोसिएट डाइरेक्टर रजत बज्राचार्य, निर्देशक प्रदिप कुमार चौधरी, नाटककार सिद्धार्थ घिमिरे, नाटककार अमिता खड्का र नविस कठायतले नाटकका बारेमा जानकारी गराउनुभएको थियो । साथै कार्यक्रममा सुरज कार्की र अन्जु श्रेष्ठको प्रस्तुती पनि रहेको थियो ।
    नाटकको बारेमा
    नाटक एक सिक्का लोक कथामा आधारित नाटक हो । एकादेशमा लामो समय खडेरी पर्दा त्यहाँका जनताले भोग्नु परेको पानीको अभाव र पानी अभावबाट उत्पन्न विभिन्न समस्याका कारण त्यस देशका जनताहरुले भोग्नु परेको तितो यथार्थलाई यस नाटकमा केन्द्र बनाइयेको छ ।
    बेलका भन्ने राज्यको जलपुरा भन्ने गाउँका प्रजाहरु खडेरिका कारण अन्न अभाव र पानी अभावले भोक र तिर्खाले प्रजाहरु ब्याकुल भयेको खबरले खडेरी परेको जलपुरा भन्ने ठाउँमा त्यहाँका राजा सत्यासेन स्वयं स्थलगत भम्रणमा जान्छन् र बिज्ञहरुको परामर्श पश्चात् पानी ओसार्ने युवाहरु राज्यका तर्फबाट नियुक्ति गर्ने आदेश दिन्छन ।
    पानी भर्ने छनौट प्रक्रियामा धेरै प्रजाहरु सहभागी हुन्छन र केही युवा छनौट हुन्छन । छनौट हुनेमा त्यहाँको युवा हर्कमान पनि पर्छन । घर घरमा पानी पुर्याने काम पायेका युवाहरु गाउँ भरिका मान्छेहरुलाई निकै परको नदिबाट पानी बोकेर घर घरमा पुर्याउने काम गर्न थाल्छन् । हर्कमान पानी पुर्याउने क्रममा गाउँको मुखियाको घरमा पुग्छन् र मुखियाको राम्री छोरी रूपवती सङ्ग नजर संगै मन साट्छिन । रूपवती सङ्ग हर्कमानको टुसायेको प्रेम झान्ङ्गिन नपाई गाउँमा बिसादि हावाको रुपमा फैलन्छ । मुखियाको इशारामा हर्कामानलाई मरणासन्न पारेर उनका केटाहरूले नदि किनारमा फालिदिन्छन ।
    प्रेम पिडामा बद्लियेको हर्कामानको जीवन सबैतिरबाट अन्धकारमय हुन्छ तर एकदिन अचानक हर्कमान बाटोमा एकसिक्का भेट्छ र सिक्का पुरानो दरवारको एउटा किल्लामा लुकाएर घर फरकन्छ त्यही एकसिक्का त्यो सिक्काको महत्व थाहा पाउछ र सिक्कालिन राज्यले निशेध आज्ञा लगायेको बेला राजाले चर्को घाममा कुदिरहेको हर्कमानलाई देख्छ । सैनिकलाई पठायेर दरवारमा बोलाउन पठाउछ । राजाले यस्तो घाममा किन हिडेको भन्छ । हर्कामान सिक्का भन्न आनाकानि गर्छ राजाले कुरो खुस्काई छाड्छ । राजाले त्यो सिक्का भुल बरु राज्यको मोहर लियेर जाउ भन्छ । हर्कामान त्यही सिक्काको जिद गर्छ । राजाको घमण्ड र हर्कमानको जिद्दी आखिर राजाले आधा राज्य दिन्छ भनी हर्कमानको जिदलाई जिति छाड्छ । एक सिक्काको कारण हर्कामान नयाँ मुलुकको नयाँ राजा घोषणा हुन्छ ।
    नाटक एक सिक्काले हर्कमानको जिवनमा बद्लियेको भाग्यको कथा हो ।

    प्रतिकृया दिनुहोस्