काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले स्क्यान एण्ड विथड्र सेवाको सुरुवात गरेको छ । यस विषम परिस्थितिमा ग्राहकको वित्तीय आवश्यकताहरु सुरक्षित तवरले प्रदान गर्ने उद्देश्यका साथ बैंकले उक्त सेवा सुरुवात गरेको जनाएको छ ।
स्क्यान एण्ड विथड्रमार्फत ग्राहकहरुले चेकको प्रयोग नगरी आफ्नो मोबाइल बैंकिङ्ग एपमा लग–ईन गरेर काउन्टरमा भएको क्यूआर कोड स्क्यान गरी खाताबाट रकम झिक्न सकिने बैंकले जनाएको छ ।
बैंकले हाल यो सेवा काठमाडौं उपत्यकाका दरबारमार्ग र कमलादी शाखाबाट सुरु गरेको र निकट भविष्यमा यस सेवालाई विस्तार गर्दै लैजाने बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बताएका छन् ।
नयाँ प्रविधिलाई आत्मसाथ गर्नुका साथसाथै बैंकमा कार्यरत कर्मचारी र आदरणीय ग्राहकवर्गको स्वास्थ्य र सुरक्षालाई उच्च प्राथमिकतामा राखी वित्तीय सेवाहरु प्रदान गर्ने उद्देश्यका साथ स्क्यान एण्ड विथड्र सेवा प्रयोगमा ल्याइएको हो ।
सिटिजन्स बैंकले स्क्यान एण्ड वथड्र सेवाको सुरुवात
आर्थिकसंसार डटकम३० भदौ, २०७७
३० भदौ, २०७७- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने