News Portal

  • सहारा विकास बैंकले लिलाम गरेको शेयर आज खोलिदै

    आर्थिकसंसार डटकम३० भदौ, २०७७
    १०९७ पटक
    ३० भदौ, २०७७

    काठमाडौं । सहारा विकास बैंकले लिलाम गरेको शेयरसम्बन्धी बोलपत्र खोल्ने भएको छ । कम्पनीले उक्त बोलपत्र एनआइबिएल एस कयापिटल लाजिम्पाट, काठमाडौंमा खोल्ने जनाएको छ ।
    बैंकले नौ लाख २१ हजार १४८ दशमलव ७० कित्ता संस्थापक शेयर साउन ३० गतेदेखि भदौ २३ गतेसम्म लिलामीमा विक्री खुला गरेको थियो ।
    बैंकले भदौ २३ गतेसम्म प्राप्त भएका बोलपत्रहरु यस विषम परिस्थितिलाई मध्यनजर गर्दै एनआईबिएल एस क्यापिटलको फेसबुक लाइभमार्फत खोलिने जनाएको छ ।

    प्रतिकृया दिनुहोस्