काठमाडौं । एनएमबिले बिदेशमा अध्ययनरत तथा विदेशमा अध्ययन गर्न जाने नेपाली बिद्यार्थीहरुलाई लक्षीत गरी डिजिटल भुक्तानीको लागी फ्लाईवायर कर्पोरेशनसँग द्विपक्षीय समझदारी गरेको छ । यो समझदारीसँगै एनएमबि बैंक फ्लाईवायरको तर्फबाट विश्वभरका १,७०० भन्दा बढी शैक्षिक संस्थाहरुमा भुक्तानीको लागि नेपालको एकमात्र बैंक भएको छ । नेपालबाट विदेशमा अध्ययनरत तथा विदेश अध्ययन गर्न जाने विद्यार्थीहरुले फ्लाईवायरमार्फत अमेरिका, क्यानडा र अष्ट्रेलियामा अन्तर्राष्ट्रिय शिक्षाको भुक्तानीको लागि कुनै पनि नेपाली बैंकबाटै आफ्नो शैक्षिक खर्च तिर्न सक्नेछन् ।
अन्तर्राष्ट्रिय शैक्षिक भुक्तानी गर्न चाहने नेपाली ग्राहकहरुका लागि परम्परागत भुक्तानी प्रक्रिया निकै झन्झटिलो र सुरक्षा जोखिमयुक्त थियोे । त्यसैगरी रकम प्राप्त हुने संस्थामा पनि ट्युशन शुल्कहरु सजिलै ट्रयाक गर्न र विभिन्न मुद्रामा भएको भुक्तानी स्वीकार गर्न पनि गाह्रो हुने तथा धेरै कागजी प्रक्रियाहरु पुरा गर्नु पर्ने बाध्यता थियो । हाल एनएमबि बैंक र फ्लाईवायरले संगसंगै अन्तर्राष्ट्रिय शैक्षिक खर्चको भुक्तानीको लागी एक नयाँ प्रकारको उच्च डिजिटल प्रविधियुक्त सेवा प्रदान गर्दै छन् ।
“फ्लाईवायरसंगको सहकार्यले हामी ग्राहकहरुको लागी विभिन्न जोखिमहरु हटाई एक सुव्यवस्थित भुक्तानी प्रदान गर्ने लक्ष्य राख्द्छौं । हामी विश्वस्त छौं कि यो साझेदारी हाम्रो मूल्यवान ग्राहकहरुको लागी अन्तर्राष्ट्रिय शैक्षिक भुक्तानीको लागी एकद्वार समाधानको श्रोतले गर्दा महत्वपूर्ण हुनेछ ।” एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले भन्नु भयो ।
“हाम्रा अष्ट्रेलिया, अमेरिका, क्यानाडाका र अन्य सबै ग्राहकहरुले पनी नेपालबाट अध्ययन गर्न आउने बिद्यार्थीहरुलाई अझ सरल भुक्तानी माध्यमको लागी सोधिरहेको सन्दर्भमा हामी एक अद्वितीय भुक्तानी सुविधा प्रदान गर्न एनएमबि बैंक संग सामझदारी गर्न उत्साहित छौं ।” ग्लोबल एजुकेशन, फ्याईवायरका ईभीपी शेरोन बटलरले भने ।
एनएमबि बैंकले गर्यो फ्याईवायरसँग समझदारी, अब अन्तर्राष्ट्रिय शैक्षिक भुक्तानी अनलाईनबाटै गर्न सकिने
आर्थीकसंसार संवाददाता२७ असार, २०७९
२७ असार, २०७९- विधुतीय शवदाह गृह निर्माण गर्न ग्लोबल आइएमई बैंकको २० लाख सहयोग
- एलआईसी नेपालको हकप्रद सेयर बिक्री खुला, कसले आवेदन दिन पाउँछ ?
- स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयर मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?
- नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ३ लाख बढी कित्ता शेयर बिक्रीमा
- सिटिजन्स बैंकको सेयर १०२ रुपैयाँमै किन्ने मौका
- नेपाल बैंकका कर्मचारी र ग्राहकले सिद्धि पोली प्याथ ल्याबमा १०% छुट पाउने, यस्ता छन् सेवाहरू
- मेरो माइक्रोफाइनान्सको अध्यक्षमा पाण्डे र सञ्चालकमा मुलेपती नियुक्त
- नेपाल इन्भेष्टमेण्ट मेगा बैंकबाट एकैपटक ११ संस्थापक बाहिरिँदै
- कृषि विकास बैंक शाखा कार्यालय मेलम्चीद्वारा सहयोग हस्तान्तरण
- सिद्धार्थ बैंक र एनसीएचएलबीच अलिपे प्लसमार्फत नेपालपे क्यूआरमा अन्तरदेशीय भुक्तानी गर्ने सम्झौता